FAQs Complain Problems

खोटेहाङ ४ स्थित थामखर्क विमानस्थल र त्यहाँबाट हेर्दा खोटाङबजार

Read More

खोटेहाङ ४ स्थित सानो हलेशी धाम

Read More

खोटेहाङ ४ स्थित मुलडाँडाँ

Read More

नवनिर्मित कार्यालय भवन उद्घाटन समारोह

Read More

खोटेहाङ ७, खोटाङबजारमा रहेको भगवती मन्दिर

Read More

खोटेहाङ गाउँपालिकाको संक्षिप्त परिचय

खोटेहाङ गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका रहेका छन भने उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन । त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र टेम्के मैयुम गाउँपालिका रहेकाे छ भने पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ । यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वड्का दियाले–४, चिप्रिङ–५, इन्द्रेणी पोखरी–६, खोटाङ बजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको मुलडाँडा सेल्मे कपासे भञ्जयाङ  अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की ,मगर साथै थामि जातिको पनि वसोवास रहेको छ । यस गाउँपालिकाको जम्मा जनसंख्या १६,८४६ रहेको छ भने जसमध्य पुरुष ४९ प्रतिशत र महिला ५१ प्रतिशत रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।

 मोबाइल मार्फत गाउँपालिका बाट जारी सूचना सुन्नका लागि  १६१८०३६४१३०४२ डायल गर्नुहोला । ।

 

कार्यविवरणहरु :

 

खोटेहाङ गाउँपालिकाको शाखागत तथा कर्मचारी कार्यविवरण

 

COVID-19 बिशेष

राहत संकलन (जिन्सी तथा नगद) र वितरण गरिएका व्यक्तिको नामावलि हेर्न यहाँ क्लिक गर्नुहोस ।

विपद व्यवस्थापनमा सहयोगको लागि यस कार्यालयको 

प्रकोप व्यवस्थापन कोष खाता नं : 2060100307020006 (राष्ट्रिय बाणिज्य बैंक लिमिटेड दिक्तेल शाखा)

Pages

पदाधिकारी

अध्यक्ष
9863827864
उपाध्यक्ष
9852840406

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9852826045
cao.khotehangmun@gmail.com

गाउँपालिका प्रवक्ता

किरण राई

9840101188
 

 

 

जानकारी