FAQs Complain Problems

खोटेहाङ ४ स्थित थामखर्क विमानस्थल र त्यहाँबाट हेर्दा खोटाङबजार

Read More

खोटेहाङ ४ स्थित सानो हलेशी धाम

Read More

खोटेहाङ ४ स्थित मुलडाँडाँ

Read More

नवनिर्मित कार्यालय भवन उद्घाटन समारोह

Read More

खोटेहाङ ७, खोटाङबजारमा रहेको भगवती मन्दिर

Read More

खोटेहाङ गाउँपालिकाको संक्षिप्त परिचय

खोटेहाङ गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका रहेका छन भने उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन । त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र टेम्के मैयुम गाउँपालिका रहेकाे छ भने पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ । यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वड्का दियाले–४, चिप्रिङ–५, इन्द्रेणी पोखरी–६, खोटाङ बजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको मुलडाँडा सेल्मे कपासे भञ्जयाङ  अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की ,मगर साथै थामि जातिको पनि वसोवास रहेको छ । यस गाउँपालिकाको जम्मा जनसंख्या १६,८४६ रहेको छ भने जसमध्य पुरुष ४९ प्रतिशत र महिला ५१ प्रतिशत रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।

 मोबाइल मार्फत गाउँपालिका बाट जारी सूचना सुन्नका लागि  १६१८०३६४१३०४२ डायल गर्नुहोला । ।

 

कार्यविवरणहरु :

 

खोटेहाङ गाउँपालिकाको शाखागत तथा कर्मचारी कार्यविवरण

 

COVID-19 बिशेष

राहत संकलन (जिन्सी तथा नगद) र वितरण गरिएका व्यक्तिको नामावलि हेर्न यहाँ क्लिक गर्नुहोस ।

विपद व्यवस्थापनमा सहयोगको लागि यस कार्यालयको 

प्रकोप व्यवस्थापन कोष खाता नं : 2060100307020006 (राष्ट्रिय बाणिज्य बैंक लिमिटेड दिक्तेल शाखा)

Pages

पदाधिकारी

अध्यक्ष
9863827864
उपाध्यक्ष
9852840406

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9852826045
cao.khotehangmun@gmail.com

गाउँपालिका प्रवक्ता

किरण राई

9840101188
 

 

 

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) कार्यालयको पत्र  

३) विषयसँग सम्बन्धित अन्य कागजातहरु 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद 

३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि 

२)  कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस

३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र

२) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु  गर्न

३) पासपोर्ट साईजको फोटो ३ प्रति 

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 

५) सर्जमिन मुचुल्का

६) श्रीमानको नागरिकता प्रमाण पत्र सक्कल/प्रतिलिपी

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र  निवेदन पत्र

२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने 

६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो 

 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको  नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) 

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा) 

६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि 

७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 

८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

९) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि/सक्कल नागरिकता प्रमाण पत्र

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/-
आवश्यक कागजातहरुः-

सूचना फाराम सँगै संलग्न गर्नुपर्ने कागजातहरु १. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. बसाई सराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति पुनश्च: पैंतीस दिनभित्र बसाई सरी जाने ठेगानाको स्थानीय पञ्जीकाधिकारीको कार्यालयमा यो सूचना फाराम दर्ता गर्नु पर्नेछ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १५०/-
आवश्यक कागजातहरुः-

संलग्न गर्नुपर्ने कागजातहरुः १. दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि; २. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा; ३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज; ४. दुवै जनाको हालै खिचेको ३५x३५ मि.मि साईजको फोटो ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १५०/-
आवश्यक कागजातहरुः-

संलग्न गर्नुपर्ने कागजात १. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा) २. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १५०/-
आवश्यक कागजातहरुः-

संलग्न गर्नुपर्ने कागजातहरु 

१. बाबु वा आमाको नागरिकताको प्रतिलिपि;

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;

३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण;

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज;

५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;

६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;

७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

जानकारी