FAQs Complain Problems

खोटेहाङ ४ स्थित थामखर्क विमानस्थल र त्यहाँबाट हेर्दा खोटाङबजार

Read More

खोटेहाङ ४ स्थित सानो हलेशी धाम

Read More

खोटेहाङ ४ स्थित मुलडाँडाँ

Read More

नवनिर्मित कार्यालय भवन उद्घाटन समारोह

Read More

खोटेहाङ ७, खोटाङबजारमा रहेको भगवती मन्दिर

Read More

खोटेहाङ गाउँपालिकाको वृत्तचित्र

खोटेहाङ गाउँपालिकाको संक्षिप्त परिचय

खोटेहाङ गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका रहेका छन भने उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन। त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र टेम्के मैयुम गाउँपालिका रहेकाे छ भने पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ। यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वड्का दियाले–४, चिप्रिङ–५, इन्द्रेणी पोखरी–६, खोटाङ बजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको मुलडाँडा सेल्मे कपासे भञ्जयाङ अत्यन्तै सम्भावना बोकेको पाइन्छ। त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की, मगर साथै थामि जातिको पनि वसोवास रहेको छ। राष्ट्रिय जनगणना २०७८ उनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या  १६,८४६ रहेको छ जसमध्ये पुरुष ४९ प्रतिशत र महिला ५१ प्रतिशत रहेको छ। त्यस्तै वडाहरु लिकुवापोखरी-१ पुरुष ८०१, महिला ८०९, वाप्लुखा-२ पुरुष ८७८, महिला ९०४, सावाकटहरे–३ पुरुष ९७२, महिला १०१६, वडकादियाले–४ पुरुष ८८६, महिला ९२५, चिप्रिङ–५ पुरुष ४९१, महिला ४६७, इन्द्रेणी पोखरी–६ पुरुष १०१३, महिला १०३०, खोटाङ बजार–७ पुरुष ७८७, महिला ८३७, सिम्पानी–८ पुरुष ११४७, महिला १३२२ र लिच्किराम्चे–९ पुरुष १२८५, महिला १२७६ रहको छ । यस गाउँपालिकाका अधिकांस कृषि पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।

 मोबाइल मार्फत गाउँपालिका बाट जारी सूचना सुन्नका लागि  १६१८०३६४१३०४२ डायल गर्नुहोला । ।

कार्यविवरणहरु :

खोटेहाङ गाउँपालिकाको शाखागत तथा कर्मचारी कार्यविवरण

 

COVID-19 बिशेष

राहत संकलन (जिन्सी तथा नगद) र वितरण गरिएका व्यक्तिको नामावलि हेर्न यहाँ क्लिक गर्नुहोस ।

विपद व्यवस्थापनमा सहयोगको लागि यस कार्यालयको 

प्रकोप व्यवस्थापन कोष खाता नं : 2060100307020006 (राष्ट्रिय बाणिज्य बैंक लिमिटेड दिक्तेल शाखा)

Pages

पदाधिकारी

अध्यक्ष
9863827864
उपाध्यक्ष
9852840406

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9852826045
cao.khotehangmun@gmail.com

गाउँपालिका प्रवक्ता

किरण राई

9840101188
 

 

 

जानकारी