FAQs Complain Problems

प्रदिप राई

ईमेल: 
pradiprai.khotehang@gmail.com
फोन: 
9745149685/9852849934

नेपालको संविधान २०७२ जारी भए संगै संघीय संरचना अनुरुप मुलुक भरका ७५३ वटा स्थानिय तहको निर्वाचन भई स्थानीय सरकार संचालनको अभ्यासको क्रममा छौं ।
संघीय शासन प्रणाली सम्वन्धी पूर्व अनुभव र दृष्टान्त हरु नहुनु निर्वाचीत जनप्रतिनिधिहरु लाई क्षमता अभिवृद्धि गर्ने अभिमुखीकरण कार्यक्रम नगरीनु, संघ, प्रदेश र स्थानीय सरकार संचालनको लागी संविधान र ऐनमा उल्लेखित प्रावधानहरु विच अन्तर विरोध हुनु पर्याप्त कर्मचारी र भौतिक पूर्वाधारहरु नहुनु आदी कारणले गर्दा काम गर्न असहजता, अन्योलता, जोखिम अनि थुप्रै चुनौतिहरु छन् । त्यसका वावजुद पनि खोटेहाङ गाउँपालिकामा निर्वाचीत प्रतिनिधि, कर्मचारी, राजनीति कर्मि विच सहमती र सहकार्यको संस्कृति स्थापीत गर्दै एक ढिक्का भएर विकाश निर्माणको कामहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउने प्रयत्न गरीरहेका छौ ।
यस गाउँपालिकामा जनसंख्याको अधिक हिस्सा कृषि पेशामा आधारीत छ र केहीलाई वैदेशीक रोजगारले भर थेग गरेको देखिन्छ । यहाँ पर्याप्त मात्रामा प्राकृतिक स्रोत साधन तथा सांस्कृतिक स्रोत सम्पदा उपलब्ध छ । यस्ता स्रोत साधनहरुको समुचित रुपमा परिचालन गरी विकसित गाउँ पालिका बनाउने आवधिक योजना निर्माणको काम प्रारम्भ गरी सकेका छौ ।
सडक, कृषी, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, विजुली, पर्यटन, व्यापार, व्यावसाय अन्य क्षेत्र र समुदाय लाई लक्षीत गरेर प्राथमिकताको आधारमा काम गरी रहेका छौ । त्यसबाट सकरात्मक परिणाम आइरहेको सर्वत्र महसुस गरीएको छ । स्थानीय सरकारको गतिविधिहरु लाई पारदर्शी एव जवाफदेही बनाउन, शुशासनको प्रत्याभूति दिलाउन पालिका द्वारा चौमासीक सार्वजनीक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिएका छौ ।
अन्त्यमा पालिका बाट बनाइएका योजना नीति कार्यक्रमहरु, प्रयासहरुलाई सफल बनाउनका लागि जनप्रतिनिधि राजनीतिकर्मी, शिक्षक, कर्मचारी, पत्रकार, सेवाग्राही सरोकारवाला तथा आम नागरीकको प्रत्यक्ष , अप्रत्यक्ष रुपमा साथ सहयोग, समर्थन पाइरहेका छौ । यसले निरन्तरता पाओस भन्ने अपेक्षा सहित सम्पूर्ण खोटेहाङ बासीहरु लगायत अन्य सम्बद्ध पक्षहरुमा हार्दिक अनुरोध गर्न चाहान्छु । धन्यवाद