FAQs Complain Problems

कविता राई

ईमेल: 
kabitarai305@gmail.com
फोन: 
9851197643

विगत ३ दशकमा यो मुलुकले राजनैतिक रुपमा लामो फड्को मारेको छ । जसको फलस्वरूप नेपालको संविधान २०७२ मा व्यवस्था भएअनुरुप देशमा तीनै तह , संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भई नयाँ संघीय संरचनातिर उन्मुख भइसकेको अवस्था छ । नयाँ संरचना र नयाँ व्यवस्थाको सुरुआत सँगै जनआकांक्षा पनि अच्च देखिन्छ । ती जनअपेक्षालाई संवोधन गर्नु यी तीनै तहका जनप्रतिनिधिहरूको दायित्व रहेको छ । जुन दायित्वलाई जनप्रतिनिधिहरूले मन, वचन र कर्मले पुरा गर्नु पर्छ ।
स्थानीय तहलाई अधिकार सम्पन्न र एउटा स्वायत्त सरकार भनेर संविधानमा उल्लेख भए जस्तै व्यावहारिक रुपमा पनि अधिकार सम्पन्न र र स्वतन्त्र निकाय भएमा निश्चित रुपमा यो देशले खोजेको जनताले चाहेको विकास, आर्थिक समृद्धि र सामाजिक रूपान्तरण त्यति टाढा छैन ।
    पदीय भूमिकाको विश्लेषण गर्नु पर्दा विगतको अभ्यासमा उप–प्रमुखको भूमिका खाँसै थिएन । तर अहिले को संविधानले स्थानीय तहका उप–प्रमुख, उपाध्यक्षलाई महत्वपूर्ण भूमिका अनि निर्णयका स्थान प्रदान गरेको छ । स्थानीय तहमा ९२.९६ प्रतिशत स्थान ओगटेका महिला उप–प्रमुखहरुले सक्रियरुपमा काम कर्तव्य र अधिकारको उपयोग गर्ने हो भने राजनैतिक सत्तामा मात्र नभएर सामाजिक सत्तामा पनि धेरै परिवर्तन ल्याउन सकिन्छ । यो कुरा अहिलेको परिवेशमा नितान्त आवश्यक पनि छ ।