FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १५०/-
आवश्यक कागजातहरु: 

संलग्न गर्नुपर्ने कागजातहरु 

१. बाबु वा आमाको नागरिकताको प्रतिलिपि;

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;

३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण;

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज;

५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;

६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;

७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

नमुना फाराम तथा अन्य: