ताजा अपडेट :
खोटेहाङ गाउँपालिकाको कार्यालय भवन औपचारिक उद्घाटन कार्यक्रमका झलकहरु
आज मिति २०७६ साल माघ १६ गते खोटेहाङ गाउँपालिकाको कार्यालय भवन कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ राईले औपचारिक उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका पार्टी अध्यक्ष राजन ढकाल, नेपाली काँग्रेसका खोटेहाङ गाउँपालिका प्रेम थापा, वडा नम्बर–७ का वडाध्यक्ष शिवप्रसाद फुयाँल, भगवती क्याम्पसका क्याम्पस प्रमुख कुमार पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख कविता राई, वरिष्ठ सँगीतकार महेश खड्का, वडाध्यक्षहरु, कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        



