ताजा अपडेट :
दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र  
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव,  सम्बन्धित फाँटका कर्मचारी  
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
१५०
आवश्यक कागजातहरु: 
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
प्रक्रिया: 
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने



