खाेटेहाङ गाउँपालिकामा तपाइलार्इ स्वागत छ ।

ICT & VERSP-MIS System सम्बन्धि ७ दिने तालीम कार्यक्रम सञ्चालनका केही दृश्यहरु
अा.व. २०७५/७६ काे बजेट सिलिङ बाँडफाँड सम्पन्न ।
खोटेहाङ गाउँपालिकाद्वारा ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तर विद्यालय चित्रकला प्रतियोगिता
खोटेहाङ गाउँपालिकाको नक्सा
खोटेहाङ गाउँपालिका

खोटेहाङ गाउँपालिकाको संक्षिप्त परिचय

खोटेहाङ गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका रहेका छन भने उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन । त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ  । यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वड्का दियाले–४, चिप्रिङ–५, इन्द्रेणी पोखरी–६, खोटाङ बजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ ।

      यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको सेल्मे डाँडाले अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ ।

तपार्इकाे केही गुनासाे भए यहाँ क्लिक गर्नुहाेस । 

मोबाइल मार्फत गाउँपालिका बाट जारी सूचना सुन्नका लागि १६१८०३६४१३०४२ डायल गर्नुहोला । ।

Pages